

६ चैत, धादिङ –
नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद नलाङको भवन निर्माण गरिएको छ ।
नव निर्मित भवनको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद नलाङका अध्यक्ष शंकर प्रसाद गुरुङको अध्यक्षता तथा नेपाल आदिवासि जनजाती महासंघ जिल्ला समन्वय परिषद धादिङका वरिष्ठ उपाध्यक्ष चन्द्र बरामको प्रमुख आतिथ्यता रहेको थियो ।
आर्थिक वर्ष २०७२/०७३ को आदिवासी जनजाती लक्षित कार्यक्रम अन्र्तगतको गाउँ परिषदबाट विनियोजन गरिएको कुल १ लाख ७१ हजारको लागतमा ३ आना क्षेत्रफलमा भवन निर्माण गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका लेखा परिक्षण अधिकृत एवंम आदिवासि जनजाती महासंघ जिल्ला समन्वय परिषद धादिङका सल्लाहाकार हरि पाटा मगर, सल्लाहकार हिरा बहादुर गुरुङ लगायत विभिन्न जातिय संघ–संगठनका प्रमुख तथा प्रतिनीधि, जिल्लामा क्रियाशिल राजनैतीक दलका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक समाजसवी, वुद्धिजिवि लगायत स्थानिय नलाङबासिहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
भवन उद्ध्घाटन कार्यक्रममा विभिन्न आदिवासि जनजातीहरुको संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिएको थियो ।नयाँ भवन निर्माण सँगै स्थानीयहरु खुशी भएका छन् ।
२०७३ चैत ६ गते प्रकाशित