

६ चैत, धादिङ –
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले विभिन्न उपसमिति निर्माण गरि कार्यविस्तार सुरु गरेको छ ।
पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा शनिबार कार्यलयमा बसेको बैठकले संस्थाको संस्थागत विकासका लागि योजना तथा कार्यक्रमहरु संचालन गर्नका लागि विभिन्न उपसमिति गठन गरेको हो ।
संगठन उपसमितिको संयोजकमा राजाराम शर्मा, सदस्यामा मनिष दुवाडी र ठाकुर गुरुङ आर्थिक उपसमितिको संयोजकमा शंकर श्रेष्ठ, सदस्यमा सुदिप कोइराला र गीता अधिकारी तालिम तथा प्रशिक्षण उपसमितिको संयोजकमा गोविन्द बुढाथोकी, सदस्यमा अर्जुन प्रसाद खतिवडा र शिखा श्रेष्ठ, संस्थागत तथा सरकारी निकाय समन्वय उपसमितिको संयोजकमा गायत्री खतिवडा, सदस्यमा कृष्ण ढकाल र ओम लामा, सुचना तथा प्रकाशन उपसमितिको संयोजकमा सरिता श्रेष्ठ, सदस्यमा सरिता नेपाली र राजन अधिकारी, छापा तथा विद्युतियसञ्चार समन्वय उपसमितिको संयोजकमा रामबहादुर ठकुरी (आशिष), सदस्यमा सिर्जना लम्साल र बद्रि अधिकारी रहेका छन् ।
त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको पहिलो कार्यसमिति बैठकले संस्थागत विकास, श्रमजीवि पत्रकारहरुको समस्या, आठौँ जिल्ला अधिवेशनको समिक्षा गर्दै आगामी दिनमा संस्थालाई गतिशिल ढंगबाट अगाडि बढाउन विभिन्न निर्णयहरु गरेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका लागि आवश्यक कानुनी परामर्श दिन तथा महासंघको सदस्यहरुलाई आइपर्ने कानुनी जटिलताको पक्षमा काम गर्न जिल्ला अदालत बार एशोसियसन धादिङका पूर्व अध्यक्ष टंककुमार श्रेष्ठलाई कानुनी अधिकृतको रुपमा नियुक्त गर्ने निर्णय गरिएको छ । त्यस्तै नेपाल पत्रकार महासंघ धादिङका सदस्य पत्रकार स्वा. शालिकरामप्रसाद बर्माको सम्झनामा परिवारको सहकार्यमा पत्रकार स्वर्गीय शालिकग्रामप्रसाद बर्मा स्मृति पत्रकारीता कोषको स्थापना गरि संचालन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङमा आबद्ध पत्रकारहरुलाई २०७४ सालको सदस्यता २०७३ चैत मसान्तभित्र अनिवार्य रुपमा नविकरण गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । संस्थाको संस्थागत विकास र नियमित कार्यसम्पादनका निम्ति विभिन्न विषयमा छलफल गरि निर्णय गरिएको महासंघ धादिङका सचिव राजाराम शर्माले जानकारी दिए । बैठकमा सल्लाहकारहरु सीतारामप्रसाद बर्मा र पोषनाथ अधिकारीको उपस्थिति रहेको थियो ।
२०७३ चैत ६ गते प्रकाशित