चैत ८ –
आफ्ना खेलाड माथि नियन्त्रण कायम गर्न नसकेको भन्दै फुटबल एसोसिएसनले आरोप दर्ता गरेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएको शनिबार राति लिभरपुलसँगको खेलमा लिभरपुललाई रेफ्रिले पेनाल्टीको अवसर दिएपछि म्यानचेस्टर सिटीका खेलाडीले प्रदर्शन गरेका थिए ।
एफएले म्यानचेस्टर सिटीका खेलाडीको व्यवहार खेल भावना विपरितको रहेको भन्दै आरोप दर्ता गरेको हो । खेलको ५० औं मिनेटमा रेफ्रि माइकल ओलिभरले लिभरपुललाई पेनाल्टी प्रदान गरे ।
त्यसपछि म्यानचेस्टर सिटीका खेलाडीले रेफ्रिलाई घेरेका थिए । म्यानचेस्टर सिटीका गाएल क्लिचीले रोबर्टो फिरमिनोलाई फल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । त्यसमा जेम्स मिल्नरले गोल गरे ।
यो खेलमा म्यानचेस्टर सिटी १–१ को बराबरीमा रोकियो ।
म्यानचेस्टर सिटीले आउँदो बिहीबार बेलुकासम्म आरोपका बारेमा आफ्ना सफाइ पेश गर्न सक्ने एफएले जनाएको छ ।
२०७३ चैत ८ गते प्रकाशित