
८ चैत, धादिङ –
नारायणगढ–मुग्लिन सडकखण्ड चैत्र १५ गत्तेबाट दैनिक ६ घण्टा बन्द हुने भएको छ । चैत १५ देखि विहान १० देखि अपराहृन ४ बजेसम्म एम्बुलेन्स बाहेकका सवारी साधन रोक्ने निर्णय गरेको हो ।
यसअघि विहान साढे १० बजेबाट दिउँसो ३ बजेसम्म साढे ४ घण्टा सडक बन्दै हुँदै आएको थियो । निर्माण कार्यलाई थप तिब्रता दिई कार्य प्रगति बढाउने लक्ष्य अनुसार यस्तो निर्णय लिइएको आयोजनाले जनाएको छ ।
यस्तै सो अवधिमा बैकल्पीक सडक प्रयोग गर्न तथा बैकल्पीक सडक प्रयोग गर्न नमिल्ने सवारीसाधनले लेन अनुशासन कायम राखि ट्राफिक प्रहरी तथा कर्मचारीहरुको निर्देशन पालन गरी आवत–जावत गर्न पनि अनुरोध गरेको छ ।
साथै आयोजनाले सडक प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै यो नियम अर्को सुचना नआउन्जेलसम्मका लागी लागु हुने जनाएको छ ।
२०७३ चैत ८ गते प्रकाशित