Mon. May 12th, 2025

अन्र्तराष्ट्रिय जातिय विभेद एवम् रगंभेद उन्मुलन दिवसमा धादिङमा अन्र्तक्रिया कार्यक्रम

inter
८ चैत,  धादिङ –

५२ औँ अन्र्तराष्ट्रिय जातिय विभेद  एवम रगंभेद उन्मुलन दिवसको अवसरमा सदरमुकाम धादिङबेशीमा अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको छ ।

रगंभेदको तस्विर र यसलाई घृणा गर्ने आँट तथा आप्रवासीका सन्दर्भहरु, जातिय तथा रगंभेदद्वारा सत्ताको उत्पीडनमा परेका आम दलित उत्पीडीत तथा न्यायपुर्ण समाज निर्माणका जुजारु मनोवलहरु  भन्ने नारा सहित सञ्चालित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।

दलित जिल्ला समन्वय समिती धादिङका अध्यक्ष्य भोज बहादुर परियारको अध्यक्ष्यतामा सञ्चालित कार्यक्रममा जिल्लामा दलित समुदायले भोगीरहेका समस्यका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएको अधिकारीले आफु आफुमा रहेको विभेदलाइ हटाएर अगाडी बढेमा समग्र जातिय विभेदका घटनामा कमी आउने बताए ।

त्यस्तै कार्यक्रमका सहभागीले कतिपय दलित समुदाय सरकारले प्रदान गरेको विकास निर्माणका योजना उपयोग गर्नबाट बन्चित भएको घटना जिल्लामा घटेकाले सोको ध्यानाकर्षण समेत गराएका थिए ।

२०७३ चैत ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: