Sat. Jul 5th, 2025

स्थानीय तहको निर्वाचन : धादिङमा १ जना तेस्रोलिङगी सहित २ लाख ६ हजारले मतदान गर्ने

chunab
अस्मिता खतिवडा /  ९ चैत्र, धादिङ  –

आगामी २०७४ साल बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा  धादिङ जिल्लाबाट २ लाख ६ हजार ४६ जनाले मतदान गर्न पाउने भएका छन् ।

स्थानिय तह निर्वाचनको घोषणा भएको मिति २०७३ साल फागुन ९ गते सम्म मतदाता नामावलीमा नाम टिपाएका धादिङका २ लाख ६ हजार ४६ जनाले निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यलय धादिङका निर्वाचन अधिकारी इश्वर सिंखडाले जानकारी दिए ।

जसमध्ये १ लाख २ हजार ९ सय ६९ जना पुरुष, १ लाख ३ हजार ७६ जना महिला र तेस्रोलिङ्गीको संख्या १ जना रहेको निर्वाचन अधिकारी सिंखडाले जानकारी दिए । निर्वाचनमा १६ वटा राजनितिक दल सहभागी हुँदैछन् । निर्वाचन कार्यलय धादिङका अनुसार स्थानिय तह निर्वाचनका लागि मतदान स्थल कति राख्ने भन्ने कुरोको भने अहिले सम्म टुङ्गो लागि सकेको छैन ।

साविकमा निर्वाचन स्थलको संख्या १ सय १० वटा रहेको थियो । स्थानिय तह पुनसंरचनाको क्रममा केहि गाविस र वडाहरु एक आपसमा गाभीएको र कसैको संरचना फरक पर्न गएकोले मतदातालाई पायक पर्ने गरि मतदान स्थललाई पुनरावलोकन गरिने निर्वाचन अधिकारी सिंखडाको भनाई छ ।

२०७३ चैत ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: