Thu. May 15th, 2025

कुखुरा बोकेको जीप चुम्लिङटारमा दुर्घटना, चालकको मृत्यु

jeep-accident

९ चैत,  धादिङ –

पृथ्वी राजमार्ग अन्र्तगत चितवनको चुम्लिङटारमा कुखुरा बोकेको बलेरो जिप दुर्घटना हुदाँ चालकको मुत्यु भएको छ ।

मृत्यु हुनेमा जीपका चालक धादिङ सिम्लेका २१ बर्षीय किरण तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

दमौलीबाट कुखुरा बोकेर काठमाडौं जाँदै गरेको ग २ च ३३६५ नम्बरको बलेरो जीप इच्छाकामना गाउँपालिका वडा ३ चुम्लिङटारबाट त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा परि अन्य दुई जना समान्य घाइते भएका छन । उनीहरुको पुरानो मेडिकल कलेज मरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

२०७३ चैत ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: