Sat. Jul 5th, 2025

धादिङ धुवाँकोटकी पार्वती न्यौपानेको गुहार : कि मर्न देउ, कि उपचार गरिदेउ

parbati-naupane

मनिष दुवाडी / १० चैत,  धादिङ  –

 

 

कि छोरो मर्यो भनेर माया मारेर हिड्न पर्यो । कि अव आमाछोरा संग–संगै प्राण त्याग्न पर्यो । म संग अव यो भन्दा अरु विकल्प रहेन ।’ यति भनि सक्दा नसक्दै धादिङको धुवाकोट गाउँ विकास समिति वडा नं ५ कि पार्वती न्यौपानेको आँखामा आँशु भरिसकेको थियो । भक्कानिदै उनले थपिन, ‘आज सम्म यही छोराको मायाले नै बाँचिहेको छु, यो मरेको दिन त म पनि बाच्दिन होला ।’

काखमा रहेको ४ वर्षे छोरालाइ विश्वकै दुर्लभ रोगले सताएपछि उपचार गर्ने कुनैपनि विकल्प नहुँदा पार्वती न्यौपाने निकै निराश भएकी छिन । छोराको उपचारको लागि पाटन अस्पतालको आइसीयु बेडमा तीन महिनासम्म राखेर ४ लाख रुपैया खर्च गरिसकेकी पार्वतीले अव छोरालाइ बचाउने आस मारिसकेकी छिन । उनले भनिन, ‘एक्लो ज्यान, कमाइ केही छैन, महिनाको दश हजार रुपैयाको औषधि खुवाएर म एउटीले कसरी यो छोराको प्राण धानु ।’

पार्वतिको ४ वर्षे छोरा अनमोल न्यौपानेलाइ Congenital Adrenal Hyperplasia with Global Developmental Delay with Visual Imporinment भन्ने रोग लागेको छ । मृगौला भन्दा माथि हुने ग्रन्थीमा खरावी आएपछि बच्चाको बृद्धि विकासमा नै असर पर्ने जन्मजात देखिने घातक रोग विश्वमै दुर्लभ भएको र हरेक २० हजार जनामध्ये १ जनामा देखा पर्ने चिकित्सकहरु बताउँछन । ४ वर्षको भएका अनमोल न त उभिन सक्छन, न त बोल्न नै । यताउता पल्टाउन पनि आमाले सहयोग गनुपर्ने अनमोललाइ महिनाको १० हजार रुपैया बरावरको औषधि जीवरभर खुवाउनुपर्ने कुरा डाक्टरले बताएपछि छोरालाइ बचाउने आस मरेको पार्वतीले बताइन । ‘छोरालाइ बचाउन जीवनभर औषधि खुवाउनुपर्ने र औषधि पनि सजिलै नेपालमा नपाइने भएका कारण मेडिकलसंग सम्पर्क गरेर भारतबाट मगाइरहेकी छु ।’

सम्पतीको नाउमा पार्वतिसंग एउटा झोला छ । झोलाभित्र छ, औषधिको स्लिप, बिल र डाक्टरी काजगपत्र देखी गाउँ विकास समिति देखी जिल्ला प्रशासन कार्यलय र अस्पतालले सिफारिस लेखिदिएका अनेकथरी पत्रहरु । आजकाल यिनै पत्रहरु लिएर पार्वती छोरालाइ औषषि खुवाउने र उपचार खर्च जुटाउन हिडीरहेकी छिन ।

जीवनभरलाइ साथ दिन्छु भनेर नुवाकोट फिकुरी गाविस वडा नं ६ ताजीका गोकर्ण प्रसाद न्यौपाने संग विहे गरेकी पार्वतिले छोरा विरामी भएदेखी घरबाट समेत अपमान सहनुपर्यो । पार्वतिले भनिन, ‘बच्चा नपाउन्जेलसम्म श्रीमान र घरपरिवारको पनि राम्रै साथ थियो । जव छोरोलाइ यस्तो रोग लागेको थाहा भयो त्यही देखी मेरा दुःखको दिन सुरु भयो ।’ सुरु सुरुमा अस्पतालमा राखेर उपचार गराएपनि धेरै खर्च हुन थालेपछि श्रीमान र घर परिवारबाट हेलाँ गर्न थालेको उनले बताइन । छोरोलाइ बचाएर राख्न जीवनभर औषधि खुवाउनु पर्ने भएपछि ्सधै कुट्ने पिट्ने खान नदिने भएपछि बाध्य भएर छोरो लिएर घरबाट निस्कनुपरेको पार्वतीले बताइन । ‘यतिसम्मको हुन थाल्यो कि छोरो छाडेर घरबाट निक्लि, मरेपछि लगेर फालिदिउला भन्न थालेपछि एउटी आमाको मन न हो, आँखै अगाडी छोरो मरेको त कसरी हेर्न सक्थे र ।’ भक्कानिदै उनले भनिन, ‘जतिन्जेल सम्म बचाउन सक्छु बोकेरै हिड्छु भनेर छोरो लिएर घरबाट निक्लिए ।’

नुवाकोटको घरबाट निक्लिएपछि उनी माइतीको सहारामा आएपनि धादिङ धुवाकोटमा रहेको माइती पनि खासै सम्पन्नसाली नभएकाले उनले कुनै सहयोग पाइनन । अहिले उनी धादिङवेशीमा रहेको आफ्नै बहिनीको भाडाको कोठामा रहेर बच्चाको औषधि खर्च जुटाउनको लागि दिनहुँ महिला विकास कायर्ललय, जिल्ला विकास समिति अनि जिल्ला स्वास्थ्य कार्यलय धाइरहेकी छिन ।
आफ्नै बहिनी गोमा घिमिरेको सदरमुकाम स्थित भाडामा लिएको कोठामा खाँदिएर बस्दै आएकी उनलाइ घर निकाला गरिएपछि जाने ठाउँ कतै छैन । ‘घरमा अंश लिन जाउ कुटेर पिटेर मारिहाल्छन, अन्त जाउँ कतै ठाउँ छैन ।’ पार्वतीले रुदै भनिन, ‘धन्न एउटी बहिनी छे र आजसम्म यही कोठामा भनेपनि सहारा पाइरहेको छु ।’

आफ्नै प्रयासले १२ कक्षा पास गरेर स्नातक तह तेस्रो बर्षसम्म अध्ययन गरेकी पार्वतीले छोरो जन्मिएदेखी पढाइलाइ निरन्तरता दिन सकिनन । उनले सुनेकी पनि छन असाहाय महिलाहरुको लागि हातेबुनाइका कामहरु गर्न पाइन्छ भनेर तर उनलाइ त्यो कहाँ हुन्छ र कसले काम गर्न दिन्छ केही थाहा छैन । पार्वती भन्छिन, ‘यो छोरालाइ साथैमा राखेर औषधि  किनेर खुवाउने पैसा पाउने गरि कसैले काम गर्न दिए विहान बेलुका दुःख गरेरै भएपनि काम गर्ने थिए ।’

२०७३ चैत १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: