Thu. May 15th, 2025

घरबाटै महिला तथा किशोरी हिंसा अन्त्य आवश्यक

p-prayas

१० चैत,  धादिङ –

 

 

महिला तथा बालबालिमाथि हुने हिंसा न्यूनिकरणका लागि जिल्ला स्तरिय गोष्ठि संचालन गरिएको छ ।

प्रयास नेपाल धादिङ र इन्फान्ट डेभलभमेण्टको सहयोगमा संचालित चेपाङ समुदायमा संचालित महिला तथा किशोरी हिंसा निराकरण परियोजनाअन्तर्गत गोष्ठिको आयोजना गरिएको हो । गोष्ठिमा  नेपालमा लैङ्गिक हिंसाको अवस्था, कारण, यसबाट समाजमा परेका असरहरुको बारेमा  जानकारी गराइएको थियो ।

यसैगरि हिंसाबाट प्रभावित महिला तथा बालबालिकाहरु माथि आइपर्ने स्वास्थ्य समस्या  र त्यस्ता समस्यामा परेकाको समस्या समाधानमा स्वास्थ्य सेवा प्रदायकहको  भुमिको बारेमा छलफल गरिएका थियो । कार्यक्रममा सहभागीहरुले हिंसा अन्त्यका लागि घरपरिवारबाट नै सुरु गर्नुपर्ने बताए ।

कार्यक्रममा जिल्लाका सरकारी निकायका प्रतिनिधि, संघसंस्था तथा स्थानीयहरुको सहभागीता रहेको थियो ।

२०७३ चैत १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: