Mon. May 12th, 2025

धादिङका भुकम्प पीडितको गुनासो संबोधन नभएको भन्दै बुर्लाकोटीले गराए सरकारको ध्याकर्षण

guru-burlakoti
१० चैत,  धादिङ –

सरकारले भुकम्प पीडितको गुनासो सम्वोधन नगरेर जनतालाई उल्लु बनाउन खोजेको धादिङका सासंद गुरुप्रसाद बुर्लाकोटीले बताएका छन् ।

बुधबार व्यवस्थापिका–संसद् अन्र्तगतको विकास समितिको बैठकमा बोल्दै उनले धादिङको सन्दर्भमा लगभग १५ हजारले गुनासो भरेकोमा जम्मा ३ सय ४४ जनाको मात्र गुनासो सम्वोधन भई बाँकीको घर को जग नै नभएको अवस्थामा सोही घरमा बस्न लायक भनी कैफियतमा लेखिनुले जनतालाइ उल्लु बनाएको स्पस्ट हुने बताए ।

त्यस्तै बनिसकेका घरहरु क्राइटेरियामा भएन भनेर थप अनुदान रोक्न नमिल्ने उनको भनाई थियो ।  संसदमा बोल्दै बुर्लाकोटीले जमानीमा दिने भनेको रकम भुकम्प प्रभावितले प्राप्त नगरेको र अन्य भुकम्प प्रभावितकै समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

२०७३ चैत १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: