
११ चैत, धादिङ –
नेकपा (एमाले) की सांसद् दुलारी देवीको बिहीबार साँझ निधन भएको छ । सडक दुर्घटनामा परी घाइते भएकी सांसद दुलारीको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
एमालेले सांसद दुलारी देवीको शव शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलिका लागि एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने भएको छ ।
दुलारीले एमालेबाट व्यवस्थापिका संसद्मा मधेसी दलितको रुपमा प्रतिनिधित्व गरेकी थिइन् ।
२०७३ चैत ११ गते प्रकाशित