Mon. May 12th, 2025

बेनिघाटमा दुर्घटना एक जनाको मृत्यु, एक घाईते

 jeep-accident
११ चैत, धादिङ –

पृथ्वीराजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ स्थित गोमती पुल नजिकै बिहिबार बेलुका ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट पोखरा जाँदै गरेको ना३ख ७९९७ नम्बरको ट्रकले विपरित दिशातिर आउँदै गरेको ग१३प १३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलको पछाडि बसेका गोरखा घर भएका २५ वर्षीय मनोज थापाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा चालक सोही ठाउँका रिजन निरौला घाईते भएका छन् । दुर्घटनापछि चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

२०७३ चैत ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: