

१३ चैत, धादिङ –
नेकपा एमाले सिद्धलेक गाउँपालिकाको कार्यालय उद्घाटन गरिएको छ । शनिबार आयोजित कार्यक्रममा धादिङ क्षेत्र नं २ का सांसद गुरुप्रसाद बुर्लाकोटीले उद्घाटन गरे । कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, नेकपा एमालेका जिल्ला नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा अन्य पार्टी परित्याग गरी ४८ जना एमालेमा प्रवेश गरेका छन् । पार्टीमा प्रवेश गरेकाहरुलाई फूल मालाले स्वागत गरेका छन् ।
कार्यक्रमकै अवसरमा ३८ जना सदस्य रहने गरि नेकपा एमाले सिद्धलेक गाउँसमिति गठन गरिएको छ ।
२०७३ चैत १३ गते प्रकाशित