Mon. May 12th, 2025

रोनाल्डोले गरे ७० गोल, अर्को कीर्तिमान तर्फ अघि बढे

ronaldo

१३ चैत –

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट ७० गोल गरेका छन । विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति हंगेरीसँगको खेलमा दुई गोल गर्दै रोनाल्डोले राष्ट्रिय टिमबाट ७० गोल गरेका हुन । ३–० को जित निकाल्ने क्रममा ३६ औं मिनेट गरेको गोल राष्ट्रिय टिमबाट रोनाल्डोको ६९ तथा ६५ औं मिनेटमा फ्रि किकमार्फत ३० यार्ड परबाट गरेको गोल उनले खेलजीवनमा पोर्चुगलका लागि गरेको ७० औं गोल बन्यो ।

उनले एक सय ३७ खेलमा ७० औं गोल गरेका हुन। योसँगै रोनाल्डो युरोपका देशमा राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा उक्लिएका छन । राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने युरोपका खेलाडीको सूचिको शीर्ष स्थानमा हंगेरी र स्पेनबाट ८९ खेलमा ८४ गोल गरेका फेरेन्स पुस्कास रहेका छन ।
दोस्रो स्थानमा रहेका हंगेरीका सान्डोर कोसिसले ६८ खेलमा ७५ तथा तेस्रो स्थानमा रहेका जर्मनीका मिरोसलाभ क्लोसले १३७ खेलमा ७१ गोल गरेका छन । रोनाल्डोले ६२ खेलमा ६८ गोल गरेका वेष्ट जर्मनीका गेर्ड मुलरलाई पछि पार्दै चौथो स्थानमा उक्लिएका हुन ।

पोर्चुगलका सर्वाधिक गोलकर्ता रोनाल्डोले युरोपियन क्षेत्रको छनौटको लगातार चौथो खेलमा गोल गरेका हुन । गएको वर्ष भएको युरोपकको क्रममा हंगेरीसँगको खेलमा रोनाल्डोल दुई गोल नै गरेका थिए । उनको दुई गोलको सहयोगले पोर्चुगलले हंगेरीलाई ३–३ को बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनाएको थियो । विश्वकप छनौट अन्तर्गत पनि रोनाल्डोले हंगेरी विरुद्ध दुई गोल नै गरे ।

२०७३ चैत १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: