
१४ चैत, चितवन –
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा चितवनको अध्यक्षमा सन्दिप श्रेष्ठ चयन भएका छन् ।
सोमबार चितवनमा सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमिति उपाध्यक्षमा रमेश राना मगर, सचिवमा तुलमान गुरूङ, सहसचिवमा अनुपा गुरूङ र कोषाध्यक्ष ज्ञानेन्द्र तामाङ सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा कमलमान श्रेष्ठ, सञ्जय चौधरी, अपेक्षा चौधरी, उमेश श्रेष्ठ, दान बहादुर गुरूङ, आश्मा राई, सविता दराई, आशिक राना रहेका छन् ।
त्यस्तै केन्द्रीय पार्सदमा ईश्वर जोशी, अमर प्रधान, सन्त कुमार चौधरी, सविता श्रेष्ठ, राजु चौधरी, उर्गेन तामाङ, वीर बहादुर सिंजाली तथा प्रादेशिक पार्सदमा सीता तमु, सन्तोष श्रेष्ठ, विनोद श्रेष्ठ रहेका छन् ।
अधिवेशनको अवसर पारेर बिबिसीका पत्रकार ईश्वर जोशीलाई नगद सहित सम्मान गरिएको छ ।
२०७३ चैत १४ गते प्रकाशित