Mon. May 12th, 2025

शौचालय निर्माणपछि दार्खाका स्थानीय खुसी

darkha
१४ चैत,  धादिङ –

गाउँमा शौचालय निर्माण भएपछि बालबालिकाहरुको स्वास्थ्यमा सुधार भएको दार्खाका स्थानीयहरुले बताएका छन् ।

धादिङको खनियाबाँस गाउँपालिका वडा नम्बर ४ मा सोमबार भएको नेपाल भुकम्प प्रतिकार्य परियोजना अन्र्तरगत गाविस स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम विद्यालयमा छात्रा तथा फरक क्षमता भएका विद्याथीहरुलाई लक्षित गरी शौचालय निर्माण गरेकोमा अभिभावकहरुले बालबालिकाहरु स्वास्थ्यमा ध्यान दिन समेत थालेको बताए ।

अक्सफामको साझेदारीमा फोकस नेपालले साविकको दार्खा गाविसमा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी संञ्चालन गरिरहेको कार्यक्रमहरुका बारेमा सेवा प्रदायक संस्था तथा सेवाग्राहीहरु बीच गरेको छलफलमा स्थानीयहरुले खुसी व्यक्त गरेका छन् । कार्यक्रममा सहभागीहरुले फोकस नेपालले खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यक्रम संञ्चालन गरेपछि गाउँको मुहारनै फेरिएको बताएका छन् ।

भुकम्पले क्षति पु¥याएको खानेपानी ट्याङ्की मर्मत लगायतका काम सम्पन्न गरेसँगै पिउने पानीको अभावबाट मुक्त भएकोमा सहभागीहरुले खुशी व्यक्त गरेका थिए फोकस नेपालले गरेका कामहरु पारदर्शी भएको र यस्ता कार्यक्रम दिर्घकाल सम्म पनि संञ्चालन गर्नुपर्ने सुझाव राखेका थिए । कार्यक्रममा फोकस नेपालका मुना भट्ट, नेपाल भुकम्प प्रतिकार्य परियोजनाका अनुगमन तथा मुल्याङ्कन अधिकृत सुनिल इटनी, जनस्वास्थ्य प्रर्वद्धन अधिकृत रमेश श्रेष्ठले कार्यक्रमको औचित्यका विषयमा प्रष्ट पारेका थिए

। त्यस्तैगरी, फिल्डमा भएको गतिविधिका विषयमा जनस्वास्थ्य ईन्जीनियर सहायक ईश्वर घिमिरेले जानकारी गराए । फोकस नेपालले अक्सफामको साझेदारीमा साविकको दार्खा गाविसमा आवास, खानेपानी, सरसफाई स्वस्छता लगायतका क्षेत्रमा काम गर्दै आईरहेको संस्थाका सामाजिक परिचालक राजेन्द्र विकले जानकारी दिए ।

२०७३ चैत१४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: