Fri. Jul 4th, 2025

बैदेशिक रोजगारमा गएका धादिङका अधिकांश महिलाहरु हिंसा सहन बाध्य

himsa
१५ चैत्र,  धादिङ –

धादिङमा बैदेशिक रोजगारीबाट महिला हिंसामा परिसकेपछि  पनि उजुरी नगर्ने महिलाहरुको सङ्ख्या अत्याधिक रहेको एक तथ्याङ्कले देखाएको छ ।

सोसियल साइन्स बहा नामक सस्थाले पौरखी नेपाल र भिएसओ नेपालको सहयोगमा धादिङ र रुपन्देही जिल्लाको हिंसामा परी बैदेशीक रोजगारबाट फर्केका महिलाहरुमा गरिएको सर्वेक्षणले सो कुरा देखाइएको हो । सर्वेक्षण अनुसार जम्मा २० प्रतिशत महिलाहरुले मात्र आफु हिंसामा परेको कुरा उजुरी गर्ने गरेको र ५३ प्रतिशतले केही नभन्ने गरेको पाइएको हो ।

सदरमुकाम धादिङबेशीमा आयोजित महिला हिंसा सम्वन्धि जिल्लामा गरिएको सर्वेक्षणको उपलब्धी र अनुभव विषयक एक अन्र्तक्रिया कार्यक्रमका विच धादिङमा बैदेशिक रोजगारीबाट हिंसामा परि फर्किएका महिलाहरुको अवस्थाका बारेमा सरोकारवाला निकायलाइ जानकारी गराइको थियो ।

पौरखी नेपालको आयोजना सञ्चालित अन्तरक्रिय कार्यक्रममा पौरखी नेपालका केन्द्रय अध्यक्ष्य मन्जु गुरुङ , प्रहरी उपरिक्षक राजन थापा जिल्लामा सञ्चालित विभीन्न गैरसरकारी सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

२०७३ चैत १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: