Sat. Jul 27th, 2024

खानेपानी, सिंचाई र पर्यटनतर्फका सबै योजना कार्यान्वयन हुने

२७ माघ । धादिङ । इलाकाहरुबाट सिफारिस भएका खानेपानी, सिंचाई र पर्यटनतर्फका सबै योजनाहरु आगामी आर्थिक वर्ष २०७२÷७३ मा कायान्वयन हुने भएको छ ।
जिल्ला स्तरीय वाहेक एउटा गाउँ विकास समितिका कम्तीमा तीन ओटा योजना समावेश गरिएको पनि स्थानीय विकास अधिकारी तामाङले बताए । प्राथमिकताको आधारमा इलाकाहरुबाट आएका योजनाहरु मध्येबाट आगामी आर्थिक वर्ष २०७२÷७३ का लागि जिल्ला विकास समिति धादिङले तीन सय २५ ओटा योजना कार्यान्वयनमा ल्याउने भएको छ ।
जिल्लाको १३ ओटा इलाकाहरुबाट प्राप्त भएका योजनाहरु मध्ये प्राथमिकताको आधारमा तीन सय २५ ओटा योजना छनोट गरेको हो । जिल्ला स्तरका सबै सडकहरुमा आवश्यक बजेट विनियोजन गरिएको स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले बताए । सहभागितामूलक योजना तर्जुमा प्रक्रियालाई आत्मसाथ गर्दै क्रमागत योजनाहरुलाई निरन्तरता दिईएको पनि उनले जानकारी दिए ।
आगामी ५ वर्ष भित्रमा जिल्लामा सबै गाविसका जोड्ने मुख्य सडकहरुलाई बारै महिना गाडी गुड्ने सडकको रुपमा स्तरोन्नती गर्न विशेष जोड दिएर कार्यक्रम तय गरिएको छ । “साङ्कोष तिप्लिङ सोमदाङ” सडकलाई उच्च प्राथमिकतामा राखि ५ करोड ४० लाख रुपैयाको बजेट र सडक सञ्जालले नछोएको रिगाउँ र लापा गाविस जोड्न ह्यापिङ्गे–रिङ्ने–गुम्दी–चिम्चोक–रि–लापा सडकको लागि ३५ लाख विनियोजन गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: