Fri. Jul 4th, 2025

आरआर क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

rr-chunab

१५ चैत,  धादिङ-

 

 

काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव मंगलबार हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

मतदानका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतदान गर्न विद्यार्थी बिहानैदेखि लाइन बसेका छन् भने प्रहरीले सुरक्षा दिइरहेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा निर्वाचन गराउन सर्वोच्च अदालतले आदेश दिएको थियो ।

नेविसंघ, अखिल क्रान्तिकारी, एमाले निकट अनेरास्ववियुबीच विवाद हुँदा निर्वाचन कार्यक्रम प्रभावित भएको थियो । चुनावको विरोधमा रहेका अखिल क्रान्तिकारी, नेविसंघ लगायत विभिन्न १० विद्यार्थी संगठनले भने चुनाव बहिस्कार गरेका छन् । यसअघि विद्यार्थी संगठनको विरोधकै कारण आरआरमा चुनाव स्थगित भएको थियो ।

 

२०७३ चैत १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: