Sat. Jul 27th, 2024

राप्रपा नेपालले विहीबारको बैठक बहिस्कार गर्ने

२८ माघ, काठमाडौं । राप्रपा नेपालले विहीबारको संविधानसभा बैठक बहिस्कार गर्ने घोषणा गरेको छ । प्रश्नावली निर्माण समितिले संघियता-गणतन्त्र-धर्म निरपेक्षताका विषयलाई नसमेटिएको विरोधमा बैठक बहिस्कार गर्ने जानकारी दिएको हो ।

RPPN-

संघियता-गणतन्त्र-धर्म निरपेक्षता संविधानसभाबाट विधिवत संस्थागत भएका विषय नभएको तर्क गर्दै उसले प्रश्नावलीमा आफ्ना माग समेट्न माग गर्दै आएको छ । उसले यी विषय जनमत संग्रहबाट टुंगो लगाउन माग गरेको छ ।

तर, राजनीतिक दलहरुबाट आफ्ना माग सम्वोधन नगरिएकोले संविधानसभा बैठक बहिस्कार गर्ने निष्कर्षमा पुगेको राप्रपा नेपालले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘विज्ञप्तिमा भनिएको छ, ‘राजकीय सत्ताको सम्मान गर्दै जनमत संग्रहद्वारा यी विषयहरुको निरुपण गरिनुपर्दछ भन्ने राप्रपा नेपालको मागलाई वलात् उपेक्षा गर्ने जुनसुकै कारवाहीको हामी तिव्र भ्रत्सना गर्दछौं ।’

संघियता-गणतन्त्र-धर्म निरपेक्षताको विपक्षमा संविधानसभा वा यस अन्तर्गतका कुनै पनि सम्बद्ध समिति-उपसमितिहरुमा प्रश्न उठाउन नपाईने भनी अन्तरिम संविधान, संविधानसभा नियमावली, बृहत् शान्ति सम्झौता लगायत कुनै पनि दस्तावेजमा उल्लेख नगरिएको भन्दै राप्रपा नेपालले यसअघि बसेको संविधानसभा बैठकमा नाराबाजी गरेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: