

१८ चैत, धादिङ –
धादिङको वेनिघाट रोराङ गाउँपालिकाको वडा नं ७ स्थित चरौदीमा शुक्रबार बिहान ग्यास बुलेट पल्टिएको छ ।
भारतदेखि धादिङको जुंगेखोलामा रहेको मेट्रो ग्याँस उद्योगमा जाँदै गरेको आर जे १४ जी वी ४६६० नम्बरको लोड बुलेट ग्याँस आफै अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
बुलेट पल्टिएपछि केही छिन सवारी आगमन रोकिएको थियो । अहिले सुचारु भएको छ । घटनामा कुनै क्षति नभएको ईलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ । दुर्घटनापछि हुन सक्ने क्षतिलाई अनुमान गरि दमकल राखिएको छ ।
२०७३ चैत १८ गते प्रकाशित