
१८ चैत, धादिङ –
आफ्ना पूर्वकेन्द्रीय सदस्य तथा नेपाली काँङग्रेस जाजरकोटका नेता रवीन्द्रजंग शाहको हत्याको विरोधमा नेपाल विद्यार्थी संघ धादिङले शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।
गत चैत्र १४ गते साँझपख जाजरकोट खलंगाको घटनाका दोषीलाई कारबाहीको मार्दै शुक्रवार प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र पठाइएको हो ।
नेपाल विद्यार्थी संघ धादिङका अध्यक्ष इश्वर अधिकारी, स्वत्रन्त्र विद्यार्थी युनियन नीलकण्ठ क्याम्पसका सभापति सरोज पाण्डे लगायतको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय पुगेका नेविसंघ विद्यार्थीहरुको एक टोलीले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाइ ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै प्रजिअ ढकालले गृह मन्त्रालयमा ज्ञापन पत्र पठाइने जानकारी दिए ।
स्थानीय निर्वाचनको मुखैमा लोकप्रिय नेताको हत्या सुनियोजित भएको नेविसंघका जिल्ला अध्यक्ष ईश्वर अधिकारीले बताए । हत्यारालाइ तत्काल पक्राउ गरि कानुनी कारवाही अघि नबढाए नेविसंघ धादिङले थप चरणबद्ध आन्दोलन गर्ने अधिकारीले बताए ।
२०७३ चैत १८ गते प्रकाशित