Sat. Jul 5th, 2025

कुपोषणबाट ग्रसित ओममायाको उपचार हुँदै

Om Maya
मनिष दुवाडी / १९ चैत,  धादिङ  –

कडा कुपोषणको कारण जीवनमरणको दोसाँधमा रहेकी ओममाया मिजारले उपचार पाएकी छन ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं २ तिनघरेकी ओममाया मिजार पोषिलो खानाको अभावका कारण कडा कुपोषणले ग्रसीत भएर जीवन मरणको दोसाँधमा रहेकी थिइन ।

तिनघरेको अति विपन्न दलित बस्तीमा जन्मिएकी ओममायाको उपचार खर्चको अभावका कारण उपचार हुन नसकेको विषयमा विभिन्न संचारमाध्यमहरुमा समाचार प्रकाशित भएपनि ओममायालाई निशुल्क उपचार गराउने ब्यवस्था मिलेको हो ।

मृत्युसंग संघर्ष गर्दै ओममाया भन्ने विषयमा समाचार प्रकाशित भएपनि नेपाल यूथ फाउण्डेशनद्धारा ललितपुरमा सञ्चालित पोषण गृहले ओममाया निशुल्क उपचार गर्ने ब्यवस्था मिलाएको हो । पोषण गृहमा उपचाररत भर्ना भएकी मिजारको सम्पूर्ण उपचार निशुल्क रुपमा नेपाल यूथ फाउण्डेशनले गरेको छभने ओममायासंगै आमा मिठु र भाईको खानबस्नको ब्यबस्था गरेको छ । ओममायालाइ काठमाण्डौसम्म पु¥याउनको लागि धादिङकै गैरसरकारी सस्था शान्ति नेपालले सहयोग गरेको थियो ।

ओममायाको अन्य रोगको पनि लक्षण देखिएकाले पहिचान तथा उपचारमा पनि सहयोग गरिने र अहिले पौष्टिक आहारा प्रदान गरिरहेको नेपाल युथ फाउण्डेशनले जानकारी दिए । हाल ओममायाको स्वास्थ्यस्थिति सुधारोन्मुख छ । उनको तौल दैनिक रुपमा ढ्दै गएको र दैनिक क्रियाकलापमा पनि सुधार देखिएको ओममायाकी आमा मिठु मिजारले बताइन । उनि हास्न, हातखुट्टा चलाउन र रमाउन थालेकी छिन । हाल उनको तौल ५.२ किलोग्राम रहेको छ । उपचार अघि ६ बर्षकी ओममायाको तौल जम्मा ४ किलोको मात्र थियो ।

ओममायाको उपचारको साथसाथै आमालाइ पनि पौष्टिक आहारहरु बनाउने तरिका, पोषण शिक्षा र स्वस्थ रहने आनीबानीबारे जानकारी दिइरहेको युथ फाउण्डेशनले जनाएको छ ।

यसैविच ओहियो स्टेट अमेरिकामा रहेको क्राइष्ट चर्चको तर्फबाट हाल अमेरिकामा रहेका जेम्स गजमेर, मनिष राइ, जिओल क्षेत्रिले ओममायालाइ पौष्टिक आहार खुवाउनको लागि नगद १ लाख रुपैया पठाएका छ । अहिले ओममायाको उपचार चलिरहेकाले अस्पतालबाट फर्केपछि उक्त रकम हस्तान्तरण गरिने छ ।

२०७३ चैत १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: