Fri. Jul 4th, 2025

धादिङबेसीमा पत्रकारिता तालिम

training
१९ चैत,  धादिङ –

सदरमुकाम धादिङबेशीमा गत चैत १२ गतेबाट सुरु भएको ७ दिने रेडियो उद्घोषण तालिम आज बाट सकिएको छ ।

किशोरीहरुलाई व्यावसायिक सिप विकास गराउने उद्देश्यले  सञ्चालन गरिएको तालिमा जिल्लाका विभिन्न गाउँपालिकाका किशारीहरुको सहभागिता रहेको थियो । आवाज अभियान नेपाल धादिङले सञ्चालन गरेको ब्यावसायिक बाल यौन शोषण विरुदको परियोजना अन्तर्गत  जिल्लाका विभिन्न गाविसमा गठित किशोरी समुहमा आवद्द किशोरीहरुको सहभागिता रहेको थियो ।

द फ्रिडम फण्ड , जेनेभा ग्लोवलको सहयोग र आवाज अभियान धादिङको आयोजनामा सञ्चालित तालिमको रेडियो कृषीका स्टेशन म्यानेजर सरोज पौडेलले सहजीकरण गर्नुभएको थियो । तालिममा समाचार कसरी लेख्ने ? कसरी प्रभावकारी समाचार सङ्कलन गर्ने , रिपोर्ट कसरी तयार गर्ने, रेडियोमा कसरी बोल्ने, रेडियोमा बोल्दा ध्यान दिनुपर्नेकुराहरु लगाएतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

तालिमको समापन समारोहमा बोल्दै सहभागीहरुले तालिममा धेरै महत्वपुर्ण कुराहरु सिकेको भन्दै आयोजक प्रति आभार प्रकट गर्दै स्थानिय स्तरबाट समाचार सङकलन गर्दै सिकेका कुराहरुलाइ ब्यावहारमा लागु गर्ने बताएका थिए ।

२०७३ चैत १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: