Sat. Jul 27th, 2024

बाबुआमाले नै ल्याइदिन्छन् ड्रग

२८ माघ, म्याग्दी   । लागूऔषध प्रयोगकर्ता किशोरकिशोरीको संख्या सदरमुकाममा बढेको छ । सिरिन्ज प्रयोग र ब्राउनसुगरदेखि सामान्य दुखाइ कम गर्ने औषधिलाई समेत लागूऔषधका रूपमा प्रयोग गर्ने स्कुले विद्यार्थीको संख्या ह्वात्तै बढेको प्रहरीले बताए । ‘आफू बिरामी भएको बहानामा बाबुआमालाई लागूपदार्थका रूपमा प्रयोग गरिने औषधि किन्न पसलमा पठाउने र खरिद गर्ने गरेको तथ्य भेटिएको छ,’ प्रनाउ हीरा गिरीले भने, ‘निरक्षर बाजेबज्यै वा बाबुआमा अज्ञानतावश छोराछोरीको हातमा लागूपदार्थ राखिदिन्छन् ।’

प्रहरीका अनुसार स्कुले केटाकेटीले लागूपदार्थका रूपमा लिने औषधि किन्न वृद्धवृद्धा तथा अनपढ आमाबाबुलाई पढाउँछन् । डाइजिपाम, क्लोनाजिपाम, अल्प्राजोलामजस्ता मानसिक रोगीले प्रयोग गर्ने र ट्रामाडोलजस्तो चोटपटक लाग्दा दुखाइ कम गर्ने औषधि बूढाबूढीलाई प्रयोग गर्ने गरेको पाइएको हो । डाक्टरको प्रेस्त्रिmप्सन र बिरामीको अभिलेखबिना प्रयोग गर्न नपाइने औषधि गिरोहले विद्यालय, क्याम्पसका विद्यार्थीसम्म पुर्‍याएका छन् । तर कोही न कोही सेवनकर्तालाई प्रहरीले प्रायः दैनिकजसो पक्राउ गरे पनि बिक्रेताको पहिचान हुन सकेको छैन । सदरमुकाममा लागूपदार्थ दुव्र्यसनीले आतंकै मच्चाउन थालेको गुनासोपछि प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले पसलेलाई शुक्रबार बोलाई सचेत गराएका छन् । ‘औषधि व्यवस्था र लागूऔषध ऐनविपरीतका राखेको भेटिए र डाक्टरको प्रेस्त्रिmप्सन तथा बिरामीको अभिलेख एवं खरिद बिलबिना औषधि बिक्री गरे कारबाही गछौर्ं,’ प्रजिअ केसीले भने ।

औषधि पसलेका अनुसार पछिल्लो समय सरकारले लागूऔषधका रूपमा नराखेको र सहज उपलब्ध हुने दुखाइ कम गर्न प्रयोग गरिने ‘ट्रामाडोल’ खोज्ने बढेका छन् । उनीहरूले बान्ता रोकिने औषधिलाई समेत लागूऔषधका रूपमा प्रयोग गर्न थालेका छन् । ‘मलाई ट्रामाडोल एक पत्ता ले भन्थे । मैले छैन भन्न के भ्याएको थिएँ, उनीहरूले एक्कासि टाउकोमा ढुंगाले हाने,’ जिल्ला अस्पतालको गेट छेउका पसले भीम आचार्यले भने, ‘बिरामीका लागि औषधि राख्नुपर्‍यो तर दुव्र्यसनीबाट हामी जोखिममा छौं । केही औषधि बेच्न छोड्दासमेत आक्रमणको निसानामा परें ।’

प्रहरीका अनुसार यो वर्ष सदरमुकाममा सिरिन्जबाट नशा लिने पनि देखिन थालेका छन् । औषधिको दुरुपयोग गर्नेबाहेक ब्राउनसुगर, चरेस, गाँजा सेवनकर्ता पनि उल्लेख्य छ । कहिलेकाहीं यस्ता दुव्र्यसनी पक्राउ पर्ने भए पनि तस्करसम्म पुग्न प्रहरी अक्षम छ । स्रोतका अनुसार जिल्लाको पश्चिम दरबाङ र उत्तरको दाना क्ष्ाेत्रबाट गाँजा, चरेस पोखरा, काठमाडौं तथा बुटवलतर्फ निकासी हुन्छ । बुटवलबाट ब्राउनसुगर, कोकिन र अन्य लागूऔषध जिल्लामा भित्रने गरेको छ ।

इकान्तिपुरबाट

About The Author

Loading...

अन्य समाचारहरु: