
शंकर श्रेष्ठ / १९ चैत, धादिङ –
शनिबार अपरान्ह ४ः४५ बजे । दिन धुम्म हुँदै गयो । ‘आज ठूलै पानी पर्ने भयो’ सबैको अड्कलबाजी यहि थियो । केहीबेरमै अन्धकार बन्यो । पानी र असिना व्यापकले प¥यो ।
धादिङबेसीका पसलहरु क्षणभरमै बन्द भयो । गाडीहरु सडकमै रोकिए । केही नीजि गाडीहरु बत्ति बालेर हिडे । मानिसहरु निकै आत्तिए । कोही इसााराले त कोही मुखै फोरेर एकले अर्कालाई सोधिमात्र रहेका थिए ‘लौ न आज किन यस्तो भयो ?’
कत्तिले विनासकारी भुइचालो सम्झिाउदै थिए । आज अनर्थ देखियो भनेर भगवान पुकार्ने पनि भेटिए । करिब आधा घण्टापछि अन्धकार हट्यो । मानिसहरु छाता, प्लाष्टिक अगायत ओडेर निस्कन थाले । विस्तारै जनजिवन सामान्य बन्यो ।
उत्तरी धादिङको दुर्गममा पर्ने तिप्लिङ आसपास र पूर्वमा राजधानी काठमाण्डौ र पश्चिममा चितवन भेगमा पनि अन्धकार बनेको स्थानीयहरुले टेलिफोनमा बताए ।
२०७३ चैत १९ गते प्रकाशित