
२१ चैत, चितवन –
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत घुमाउनेमा सुख्खा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ ।
सुख्खा पहिरो खस्दा कम्तीमा ५ वटा सवारी साधन पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा एउटा ट्याङकर, एउटा जिप, दुई वटा मोटरसाईकल र एउटा ट्रक पुरिएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
स्तोरन्नतीको क्रममा रहेको सो सडकखण्ड गत मंगलवारबाट बिहान १० बजेदेखि ४ बजेसम्म बन्द हुने भएपनि सो समय अघि नै छुटेका सवारी साधन पहिरोमा पुरिएका हुन् ।
भरतपुर महानगरपालिका अन्तरगत २९ नम्बर वडामा पर्ने घुमाउने स्थानमा पहाडबाट खसेको ढुङगा सहितको ढिस्को खसेको थियो ।
ईलाका प्रहरी कार्यालय मुग्लिनको टोलीको नेतृत्वमा स्काभेटरको प्रयोग गरि पहिरो पन्छाउने कार्य भईरहेको छ ।
२०७३ चैत २१ गते प्रकाशित