

२१ चैत, धादिङ –
चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टी नेपाल धादिङ लगायतले जिल्ला निर्वाचन कार्यालय धादिङको कार्यालय धर्ना दिएका छन् ।
नयाँ शक्ति नेपाल धादिङ, नेकपा माओवादी क्रान्तिकारी लगायतले सोमबार कार्यलय घेराउ गरि धर्ना बसेका ह’न् ।
नयाँ शक्ति पार्टी नेपालसहित संसदमा नभएका ६४ दलीय चुनाव चिन्हको माग गर्दै आज सोमबार देशभरका निर्वाचन कार्यालय घेराउ गरेका छन् ।
आफ्ना मागहरुको सुनुवाई नभए चरणबद्ध आन्दोलनमा जाने नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय कार्यकारिणि सदस्य कल्पना धमलाले जानकारी दिइन् । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
२०७३ चैत २१ गते प्रकाशित