
२२ चैत, धादिङ –
शान्ति नेपाल धादिङले चैते दशैंको अवसरमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का स्थानीयलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
बाबुआमा गुमाएका एकै घरका ३ बालबालिकाहरु राधिका बयलकोटी, प्रकाश बयलकोटी र इराक बयलकोटीलाई एक कार्यक्रमका बीच खाद्यन्न सामाग्री वितरण गरिएको हो । समस्यामा रहेका बालबालिकाहरुलाई ५ हजार ५ रकम बराबरको चामल, दाल, नुन, तेलका साथै सरसफाईका सामाग्री वितरण गरिएको शान्ती नेपालद्धारा सञ्चालित मातृ तथा नव शिश स्वास्थ्य परियोजना धादिङका कार्यक्रम संयोजक विष्णु भट्टले बताए ।
२०७३ साल मंसिर २६ गते बाबु सिताराम बयलकोटीको मृत्यु भए लगत्तै माघ २९ गते आमा दुर्गा चर्माकारको पनि मृत्यु भएपछि बालबालिकाहरु समस्यामा परेका थिए । यस्ता समस्यामा रहेका बालबालिकाहरुलाई शान्ती नेपालले सहयोग गर्दै आइरहेको छ ।
२०७३ चैत २२ गते प्रकाशित