Sat. Jul 27th, 2024

धादिङको तिप्लिङका एक विद्यार्थीमाथी कक्षाभित्रै खुकुरी प्रहार

२९ माघ, धादिङ

उत्तरी धादिङको तिप्लिङ गाउँ विकास समिति वडा नम्बर ३ दोङ्देन माध्यामिक विद्यालयका एक विद्यार्थीमाथी खुकुरी प्रहार भएको छ ।

विद्यालयको कक्षा ९ मा अध्ययनरत १५ वर्षिय असोक भनिने एलेरोङ तामाङमाथी विहिबार एक समूहले कक्षाकोठाभित्रै खुकुरी प्रहार गरेका हुन् । विद्यार्थीहरुकै गुटगत झगडामा सोही विद्यालयमा पढ्ने विद्यार्थीहरुको एक समूहले तामाङमाथी खुकुरी हानेको स्थानीयले बताएका छन् ।

तिप्लिङकै वडा नम्बर ५ का सुलेमान तामाङ सहित ५/६ जनाको समूहमा रहेका यूवाहरुले एक्कासी खुकुरी कुटपिट गर्दै खुकुरी सहित धारिलो हतिर प्रयोगबाट तामाङको टाउको, हात, खुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

खुकरी प्रहारबाट सख्त घाइते भएका तामाङलाई स्थानीय स्वास्थ्य सस्थामा उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । शिक्षकले पढाउदै गरेको बेला कक्षाकोठाभित्र पसेर कुटपिट गर्दै खुकुरी प्रहार गरी आक्रमणकारीहरु जंगलतिर भागेको स्थानीयहरुले बताएका छन् ।

त्यस्तै सोही गाविसको वडानं ३ मा बुधबार राती युवा समूहको झगडामा खकुरी प्रहार हुदा चे घले घाइते भएका थिए । दुबै घटनाका संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: