
२३ चैत, धादिङ –
धादिङका विभिन्न विद्यालयका शिक्षकहरुलाई पुस्तकालय व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ ।
प्रयत्नशिल सामुदायिक विकास समाज प्रयास नेपाल धादिङ र रुम टु रिड को साझेदारीमा साथै जिल्ला शिक्षा कार्यालय धादिङको समन्वय र विद्यालयको सहकार्यमा संचालन गरिएको हो ।
साक्षरता कार्यक्रम अन्तरगत सन २०१७ मा थप गरिएको ३४ विद्यालय मध्ये ११ वटा विद्यालयका ४ वटा गाउँपालिकाका २२ जना शिक्षकहरुको लागि तालिम प्रदान गरिएको हो । । तालिममा पुस्तकालय व्यवस्थापन, पुस्तकहरुको प्रयोग, बालबालिकाहरुको सिकाइ उपलब्धि वृद्धि गर्न पुस्तकालयको शैक्षिक सामाग्रीहरुको अधिकतम प्रयोग गर्नु पर्ने विषयवस्तुमा छलफल गरिएको थियो ।
पुस्तकालय भित्र गरिने मूख्य ४ वटा गतिविधि सञ्चालन गर्दै बालबालिकाहरुको पढ्ने बानीको विकास गराउदै स्वतन्त्र पाठक बनाउन सहयोग गर्नै उद्देश्यले तालिमको आयोजना गरिएको थियो । तालिममा रुम टु रिडका दिनेश सञ्जेल, प्रयास नेपालको राधा अर्याल र नमिता तिमल्सिनाले सहजीकरण गरेका थिए । तालिमको मंगलबार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ ।
२०७३ चैत २३ गते प्रकाशित