Fri. Jul 4th, 2025

देशभर मात्रै ९ हजार ८ सय ७३ बेरोजगार !

unemployment

२४ चैत,  काठमाडौं –

हरेक दिन अनुमानित १५ सय युवा कामको खोजीमा विदेसिने गर्छन् । तर, सरकारी तथ्यांकले देशभर जम्मा १० हजार मात्रै बेरोजगार रहेको देखाएको छ।

श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन् । यो आँकडा आर्थिक वर्ष ०७३/७४ को फागुन मसान्तसम्मको मात्रै हो ।

विभागले आफूमाहतका विभिन्न रोजगार सूचना केन्द्रबाट संस्थागत रूपमा बेरोजगारको लगत संकलन गर्दै आएको छ। जसअनुसार फागुन महिनामा मात्रै २ हजार ५ सय ५६ जना बेरोजगारको तथ्याङ्क संकलन भएको छ । नयाँ पत्रिका दैनिकबाट

२०७३ चैत २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: