Fri. Jul 4th, 2025

धादिङमा छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु, १५ जना घाईते

jeep-accident
२४ चैत,  धादिङ –

धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ नलाङस्थित चिसापानीमा ट्याक्टरले किच्दा एक बालिकाको मृत्यु भएको छ ।

गाउँमा सामान ओसारपोसार गर्दै आइरहेको ना ५ ट ५११८ नम्बरको ट्याक्टर पछाडि हटाउने क्रममा किचेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नलाङका ८ वर्षीय शान्ति भट्ट रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । दुर्घटनापछि ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्वर २ चालिसेमा सवारी दुर्घटना हुदा  १५ जना घाइते भएका छन् । काठमाण्डौंबाट चितवन जादै गरेको ना ५ ख ११७३ नम्वरको बसले सोही दिशाबाट आउदै गरेको ना ५ ख ९३१३ नम्वरको ट्रिपरले ठक्कर दिदा बसमा सवार १५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते भएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले उनीहरुलाई काठमाण्डौं पठाइएको छ । यस्तै अन्य घाइते १० जनामध्ये ७ जनालाई गजुरी अस्पतालमा सामान्य उपचार घर फर्काइएको छ भने ३ जनाको अझै उपचार भइरहेको प्रहरीले  जनाएको छ ।

२०७३ चैत २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: