Fri. Jul 4th, 2025

धादिङको धुनीबेसी नगरपालिकामा को को छन् मेयरका आकांक्षी ?

dhunibesi

३० चैत,  धादिङ –

धादिङको धुनीबेसी नगरपालिकामा चुनाबको माहोल तातिएको छ । २०७३ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा रहेको २ नगरपालिका र ११ वटा गाउँपालिकाहरुमा चुनावी चहलपहल बढेको पाइन्छ ।

भर्खरै घोषणा गरिएको धुनिवेसी नगरपालिकामा पनि मेयरका आकांक्षीहरुले जनतासंग भोट माग्न थालेका छन् । धुनिवेसीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसले सांगठनिक गतिविधि तिव्र पारेका छन् ।

 आर्थिक स्रोतका हिसावले नीलकण्ठ भन्दा अगाडि रहेको धुनिवेसी नगरपालिकामा नेकपा एमाले बलियो देखिएका छन् । एमाले धादिङ ३ नं. क्षेत्रका अध्यक्ष बालकृष्ण आचार्य, नगरकमिटि संयोजक रामराजा पाण्डे, जिल्ला कमिटि सदस्य सुरेश आचार्य, विनोद पाण्डे लगायतको नाम चर्चामा छ ।

    नेपाली कांग्रेसका यूवा नेता राजकुमार पाठक, मधुकुमार श्रेष्ठ, दिपेन्द्र पाठक, कुवेर गजुरेल, गोविन्द पाण्डे, अर्जुन उप्रेती, जिवनाथ ढकाल लगायतले निर्वाचनमा आफु मेयरको उम्मेदवार बन्ने प्रचार गरिरहेका छन् । नेकपा माओवादी केन्द्रबाट दिपक लामिछाने, गणेश रेग्मी राजन रेग्मी पार्टीबाट मेयरको टिकट उम्काउने दाउमा छन् ।

   चुनाव नजिकिदै गर्दा स्थानिय नेताहरुमा पनि पार्टीबाट उमेदवारको टिकट लिने दौड तिव्र बनेको छ । अहिले ठुला तिनै दलको स्थानिय नेताहरु कार्यकर्ताको घर दैलो देखि नेताको केन्द्रीय नेताहरु सम्म आफुलाई टिकट दिन र दिलाउन धाईरहेका छन् ।

 यो स्थानीय तह पुनर संरचना पछिको चुनाव भएकोले जनताले सक्षम र काम गर्ने व्यक्तिलाई मतदान गर्ने हुँदा कस्ले कस्ता उम्मेदवार ल्याउँछन् परिणाम त्यहि अनुसार आउने विश्लेषकहरु बताउँछन् । विगतका चुनावहरु भन्दा पृथक अधिकार रहने हुँदा पनि आकाँक्षी उम्मेदवारहरु बढेको राजनीतिक विश्लेषकहरुको दावी छ ।

२०७३ चैत ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: