Sat. Jul 5th, 2025

एम्बुलेन्स चालक समाज धादिङको अध्यक्षमा भेषराज ठकुरी

ambulance
२९ चैत,  धादिङ –

संयुक्त एम्वुलेन्स चालक समाज धादिङ नेपालको अध्यक्षमा भेषराज ठकुरी चयन भएका छन् ।

संयुक्त एम्वुलेन्स चालक समाज धादिङ, नेपालको प्रथम अधिवेशनले ठकुरी अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शेरबहादुर भण्डरी, महासचिवमा लक्ष्मण जम्कटेल, सचिवमा बलराम त्रिपाठी, कोषाध्यक्षमा दिपक कार्की र सह– कोषाध्यक्षमा हरि बहादुर श्रेष्ठ चयन भएका छन् ।

संस्थाका अध्यक्ष भेषराज ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले एम्वुलेन्स चालकले समाजका व्यक्तिहरुको हितको लागि गरेको कार्य एकदमै महत्वपूर्ण भएकाले जुनसुकै बेलामा पनि उच्च मनोवल लिएर अगाडि बढ्नुपर्ने बताए । आफ्ना समस्यालाई थाति राखेर भएपनि सहयोगि भावनाका साथ परिस्थिती अनुरुप एम्वुलेन्स चालक सहयोगका लागि सदैव तत्पर हुदै आएको उनले बताए ।

२०७३ चैत २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: