

३० चैत, धादिङ –
जिल्ला दैवीप्रकोप उद्धार समिति धादिङले बिषगत क्षेत्र कार्यालय तथा सरोकारवाला निकायलाई भविश्यमा पर्न सक्ने विपद् जोखिम न्यूनिकरणका बिषयमा जानकारी दिएको छ ।
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७३ कार्यान्वयनमा सहयोग पु¥याउने उदेश्यका साथ जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयन बिषयक जानकारी गराइएको हो । जिल्ला समन्वय समिति धादिङको सभाहलमा भएको कार्यक्रम जिल्ला दैवीप्रकोप उद्धार समिति धादिङका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।
विपद् जोखिम न्युनिकरणका लागि पूर्व तयारी आवश्यक छ । यसको लागि हरेक जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्ने गरिन्छ । धादिङ जिल्लामा जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०६८ लाई अध्यावधिक गरि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७३ तयार भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले उक्त योजनालाई अनुमोदन समेत गरिसकेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
सो योजनाको कार्यान्वयनमा आआफ्नो क्षेत्रबाट सक्दो सहयोग पु¥याउन समेत उनले सहभागी सबैमा अग्रह गरे । जिल्ला समन्वय समितिका तर्फबाट स्थानिय विकास अधिकारी जीवलाल भुसालले विपद् पूर्वतयारी तथा प्रतिकार्यमा नेपालले धेरै काम गर्नुपर्नेमा जोड दिए । साथै उनले स्थानिय स्तरमा विपद् पूर्व तयारी, प्रतिकार्य तथा व्यवस्थापनका गतिविधिहरु बढी केन्द्रित गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष उमेश कुमार ढकालले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७३ पुस्तिकाकोे सार्वजनिक समेत गरेका थिए ।
२०७३ चैत ३० गते प्रकाशित