Fri. Jul 4th, 2025

धादिङका नगरपालिका र गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यलय स्थापना

siddhalek
१२ बैशाख, धादिङ-

धादिङका सबै स्थानीय निकायमा निर्वाचन अधिकृतको कार्यलय स्थापना गरिएको छ । बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सोमबार र मंगलबार निर्वाचन अधिकृतको कार्यलय स्थापना गरिएको हो ।

धादिङको सिद्धलेक गाउँपालिकामा निर्वाचन अधिकृत राजेन्द्र अर्यालले एक कार्यक्रमकाबीच कार्यलय स्थापना गरे । त्यस्तै खनियावास गाउँपालिकामा पनि एक कार्यक्रमको आयोजना गरि स्थापना गरिएको छ ।

जिल्ला निर्वाचन कार्यलय धादिङका निर्वाचन प्रमुख इश्वर सिंम्खडाका अनुसार दुई नगरपालिका र ११ वटा गाउँपालिमा निर्वाचन अधिकृत र अन्य कर्मचारीहरु पनि पठाइसकेको जानकारी दिए ।

स्थापना गरिएका कार्यलयहरुमा निर्वाचन प्रक्रिया सञ्चालनका लागि मतदाता नामावली, दलगत तथा स्वतन्त्र उम्मेदवारी दिनेहरुका लागि आवश्यक सामग्रीसहित सुरक्षाकर्मी परिचालन गरिसकिएको बताइएको छ ।

२०७४ बैशाख १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: