Wed. Jan 22nd, 2025

बैदेशिक रोजगारको पीडा : तनावै तनावमा बस्छन् परदेशीका परिवार

bidesh

रामकुमार थापा –

छोरा वैदेशिक रोजगारमा मलेसिया गएर बेपत्ता भएपछि धादिङ कुम्पुरकी देवकी पण्डित चिन्तामा छिन् । परदेश गएर घरको आर्थिक अवस्था सुधार गर्ने र आफ्नो भविष्य पनि बनाउला भनेर परदेश गएका दामोदर पण्डित एक दशक भन्दा ढबी भईसक्यो मलेसीयामा बेपत्ता भएका ।

देवकी जस्ता धादिङका धेरै आमाको खुसि परदेशको कारणले खोसिएको छ । आफ्नो छोरा वैदेशिक रोजगारमा गएर बेपत्ता भएपछि आमाहरुको दैनिकी चिन्तामा वित्ने गरेको छ ।  आमा, बा जस्तै श्रीमतीकोहरुको झनै दर्दनाक पीडाहरु छन् । श्रीमान परदेशको भुमिमा बेपत्ता  भएपछि काखे बच्चाको स्याहार सुसार र घरको काम एक्लैले गर्नुपर्दा उनीहरुको दैनिकी पनि तनावमै वित्ने गर्छ ।

केहि वर्ष परदेशमा बसेपछि कतिपयका यी सपना पुरा हुन्छन । तर कतिपय समस्या थपेर फर्किन्छन । सबैका लागि परदेश सोचे जस्तो हुँदैन । अनि, खाडीमै सकिन्छन धेरैका मिठा सपना । सहज सम्झीएर बाटो लागेका उनीहरुको परिवारमा थप जटिलता आर्थिक रुपमा मात्रै थपिंदैन अन्य असर पनि देखिन थाल्छ ।

धादिङबाट बैदेशिक रोजगारमा गएका घर परिवारका सदस्यहरुको नमिठो सँगै पीडादाई अनुभव रहेको छ । धादिङबाट बार्षिक १० हजारको हाराहारीमा परदेशमा गएको देखिन्छ ।  स्वदेशमा रोजगारी नहुँदा वैदेशिक रोजगार रहर नभएर बाध्यता हो । दुई चार पैसा कमाउँला, ऋण तिरौंला, घर बनाउँला, बालबच्चाको भविष्य राम्रो बनाउँला अनि परिवारमा हाँसी खुसी रहौंला यस्तै यस्तै सपना बोकेर घर छाड्नेको संख्या दिनदिनै बढिरहेको छ ।

यता परिवारको अवस्था पनि उस्तै हुन थाल्छ । आर्थिक अवस्था कमजोर, काम गर्ने बल भएका सदस्य परदेश । त्यसपछि घरमा हुनेले दैनिक खर्चका लागि समेत परदेशीको भर पर्नुपर्ने र एउटाको कमाइले परिवार धान्नुपर्ने बाध्यता सुरु हुन्छ ।

यता आफन्त परदेश गएपछि खासगरि महिलाका लागि अरु बन्धन थपिन्छन । जसका श्रीमान विदेशमा छन, उनीहरुले हिँड्दा, बस्दा, खाँदा पुरुषसँग जोडिदिन थाल्छ समाजले । बुहारी भएकाहरुलाई त घरकै सासु ससुरा आफतले नै अनेक लान्छना लगाउन् ।

घरमा बालबच्चाले बुवाको माया पाउँदैनन । आमाले भनेको नमान्ने, विद्यालय जान नमान्ने, बिचमै पढाई छाड्ने, बुवा साथमा नहुँदा न्यास्रो हुने जस्ता अरु समस्या देखिन्छन ।  धेरै नेपाली विदेशमा लामो समयदेखि अलपत्र छन । आफ्ना पुरुष विदेशमा अलपत्र पर्दा तीनका श्रीमतीलाई कस्तो पीडा हुन्छ होला? अनुमान गर्न गाह्रो छैन । देख्दा परदेश गएको छ । पैसा कमाएको छ भन्ने लाग्छ । तर हामिले सोचेको जस्तो छैन परदेशीका परिवारमा ।

परदेशमा विरामी हुँदा होस  वा दुर्घटनामा पर्दा । गाह्रो काम पर्दा, भनेको काम र तलव नपाउँदा नै किन नहोस  । त्यसको असर परिवारका अन्य सदस्यले पनि खेपेका हुन्छन । तर त्यो कसैले देख्दैनन ।  यसो भन्दै गर्दा सबैका समस्या यी मात्रै हैनन। परदेशमा हुनेले पनि समस्या भोगेका छन । कतिपय पैसा पठायो आउँदा न परिवार न त खर्च पनि भएका छन् । कतिपयको आर्थिक लापरबाहीकै कारण घर झगडापनि भएको छ । सामाजिक समस्या बढ्दो छन ।

एकअर्कामा विश्वास नगर्ने, अरुको कुरा सुन्ने वास्तविकतै नबुझी निर्णय लिँदा पारिवारिक विखण्डन बढ्दो छ । पीडितले आफ्ना कुरा राख्ने अवसर पनि पाउँदैनन । यी त अरुले पनि देख्ने समस्या भए ।   यस्ता परिवारको पीडा कस्तो होला । यीनका मनमा कति पीडा लुकेका होलान ? मनोसामाजिक समस्या ( तनाब बढी हुने, कसैमा रिस बढी हुने, झर्को लाग्ने, खान मन नलाग्ने, निन्द्रा नलाग्ने, नराम्रो–नराम्रो विचारहरु आउने, आफु जस्तो दुखी कोही छैन जस्तो लाग्ने, आफ्नो व्यवहार देखि आफैलाइ दिक्क लाग्ने जस्ता संकेत) दिनदिनै बढ्दो छ । मानसिक रोग निम्तिएको छ । कतिपयले त सहन नसकेर आत्माहत्या समेत गरेका छन ।

तर समाज यस्तालाई सहयोग गर्न, बचाउन होइन घृणा गर्न थाल्छ । यो राम्रो हुनै सक्दैन । यस्तो मनोसामाजिक समस्यामा परेकालाई सबैले सहयोग गर्नुपर्छ । जसले परिवार धानेर बसेका छन् तीनका परदेशीले मात्रै होइन समाजले पनि उनीहरुलाई पीडा होइन खुसी दिनुपर्छ । हतोत्साह होइन प्रोत्साहन गर्नुपर्छ । मायाँ ममताको खाचो हुन्छ ।

२०७४ बैशाख १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: