Sat. Jul 27th, 2024

आज भ्यालेन्टाइन डे, प्रेम साटासाट गरी मनाइदैँ

sa
२ फागुन, धादिङ
आज फेबु्रअरी १४ अर्थात् भ्यालेन्टाइन डे विश्वभर विभिन्न उपहार साटासाट गरेर मनाइदैछ । भ्यालेन्टाइन डे को अवसरमा आफ्ना नजिकका साथीभाई, परिवारजन लगायतमा प्रेम साट्ने चलन छ ।

सर्वव्यापी किंवदन्ति अनुसार भ्यालेन्टाइन डे ईस्वी सन् २ सय ६० तिर प्रेमको प्रचार गर्ने रोमका एक पादरी भ्यालेन्टाइनको नामबाट यो दिवस मनाइंदै आएको हो । रोमका सैनिकहरुलाई तत्कालीन समयमा विवाह तथा प्रेम गर्न बन्देज गरिएको थियो । सैनिकहरु विवाह तथा प्रेममा आकृति भएमा उनीहरु कामभन्दा बढी आफ्नो परिवारलाई सम्झन्छन् र मन लगाएर काम गर्दैनन् भन्ने मान्यता थियो । तर सन्त भ्यालेन्टाइन यो मान्यता मान्न तयार भएनन् । र उनले यो बन्देज तोड्दै एक जोडी सैनिकको विवाह गराइदिए । यही विवाहको कारण उनलाई तत्कालीन रोम सरकारले मृत्युदण्ड दियो । प्रेमप्रति अगाध आस्था राख्ने सन्त भ्यालेन्टाइनको सम्झनामा विश्वभरि उनलाई मृत्युदण्ड दिइएको दिन फेबु्रअरी १४ अर्थात् भ्यालेन्टाइन डेलाई प्रेम दिवसका रुपमा मनाउन थालिएको हो ।

भ्यालेन्टाइन डे ले अहिले युवाहरुमा बढी लोकप्रियता छाउन थालेको छ । यो दिनमा  युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने र आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि लिइन्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: