![](https://www.pabilnews.com/wp-content/uploads/2016/09/heli.jpg)
![heli](https://www.pabilnews.com/wp-content/uploads/2016/09/heli-300x248.jpg)
२० बैशाख, चितवन –
उमेदवारी दर्ता गराउने दिनसम्म कांग्रेसको तर्फबाट मेयर, उपमेयरको टुंगो लागिसकेको थिएन । प्रवल दावेदार काठमाडौंमा नै थिए ।
सडकबाट आउँदा समय घर्किसक्थ्यो भने हवाइ मार्गको भर थिएन । तर, कांग्रेसका उम्मेदवारहरु काठमाडौंबाट हेलिकप्टरमा भरतपुर ओर्लिए ।
सोमबार साँझसम्म भरतपुर मेयरमा मिलनबाबु श्रेष्ठ र उपमेयरमा मिना खरेलको चर्चा चुलिएको थियो ।
तर हेलिकप्टरबाट ओर्लिएका दिनेश कोइरालाले मेयरमा र पार्वती शाहले उपमेयरमा मनोनयन दर्ता गराए । अघिल्लो साँझ मिलनबाबु श्रेष्ठले नै हेलिकप्टर बुक गराएका थिए ।
नागरिक दैनिकबाट
२०७४ बैशाख २० गते प्रकाशित