

सरिता श्रेष्ठ / २० बैशाख, धादिङ –
स्थानीय तह चुनावका लागि धादिङका दुई नगरपालिका र पाँच गाउँपालिकामा मंगलबार उम्मेद्वारी दर्ता भएको छ ।
धादिङको नीलकण्ठ र धुनीबेसी नगरपालिका, रुवीभ्याली, खनियाबास, नेत्रावती, गंगाजमुना, त्रिपुरासुन्दरी, ज्वालामुखी, सिद्धलेक, वेनिघाट रोराङ, गजुरी, गल्छी, थाक्रे गाउँपालिकामा उत्साहजनक रुपमा उम्मेद्वारी दर्ता भएको हो ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयाँ शक्ति पार्टी, राप्रपा र अरु केही स्वतन्त्र व्यक्तिहरुले पनि उम्मेद्वारी दर्ता गरेका छन् ।
१३ वटै स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीका उम्मेद्वारहरुले बाजागाजा र ¥यालीसहित उम्मेद्वारी दर्ता गराएका छन् ।
जिल्लाको नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा भीम ढुगाना, उपमेयरमा कल्पना अधिकारी, नेकपा एमालेबाट मेयरमा अर्जुन कुमार श्रेष्ठ, उपमेयरमा गंगादेवी श्रेष्ठ, माओवादी केन्द्रबाट मेयरमा शोभा श्रेष्ठ, उपमेयरमा मनराज भण्डारी शैलेसले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै धुनीवेशी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा माधवराज पाण्डे, उपमेयरमाअप्सरा कोइराला, नेकपा एमालेबाट मेयरमा बालकृष्ण आचार्य, उपमेयरमा निरु खरेल, माओवादी केन्द्रबाट मेयरमा दिपक लापमछाने र उपमेयरमा शावित्रि आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी रुविभ्याली गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा कुलबहादुर गुरुङ, एमालेबाट जीवन तामाङ र माओवादीबाट रामसिंह तामाङ, गंगाजमुना गाउँपालिकामा काँग्रेसबाट अक्कल तामाङ, एमालेबाट बलबहादुर अधिकारी, माओवादीबाट नवरा अधिकारी, खनियावास गाउँपालिकामा काँग्रेसबाट रणबहादुर तामाङ, एमालेबाट प्रदिप फ्युवा तामाङ, माओवादीबाट सेकेमान तामाङ, नेत्रावती गाउँपालिकामा काँग्रेसबाट टेकजंग तामाङ, एमालेबाट दुर्गाकुमार शाक्य, माओवादीबाट ठाकुर गुरुङ, त्रिपुरासुन्दरी गाउँपालिकामा काँग्रेसबाट बासु तिमिल्सीना, एमालेबाट शम्भू थापा, माओवादीबाट दलबहादुर बुर्लाकोटीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै ज्वालामुखी गाउँपालिकामा काँग्रेसबाट विनोद तिमिल्सी, एमालेबाट रामप्रसाद अधिकारी, माओवादीबाट लक्ष्मी थापा मगर, सिद्धलेक गाउँपालिकामा काँग्रेसबाट बद्री अर्या, एमालेबाट प्रेमनाथ सिलवाल, माओवादीबाट पुष्प थपलिया, बेनिघाट रोराङ गाउँपालिकामा कँग्रेसबाट देवीप्रसाद सिलवाल, एमालेबाट गिरीराज कडेंल, माओवादीबाट हपर डल्लाकोटी, गजुरी गाउँपालिकामा काँग्रेसबाट परशुराम सुवेदी, एमालेबाट राजेन्द्र विक्रम बस्नेत, माओवादीबाट गणेशलाल श्रेष्ठ, गल्छी गाउँपालिकामा काँग्रेसबाट विनोद कार्की,, एमालेबाट कृष्णहरि श्रेष्ठ , माओवादीबाट विक्रम तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
थाक्रे गाउँपालिकामा काँग्रेस र एमालेले सयुक्त रुपमा उम्मेदवारी दिएका छन् । अध्यक्षमा माओवादीका जीन्दगी थापा र उपाध्यक्षमा काँग्रेसका रामकुमार लामा र एमालेबाट रामकुमार आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।
२०७४ बैशाख २० गते प्रकाशित