२० बैशाख, धादिङ-
बैशाख ३१ गते हुने निर्वाचनका लागि यही वैशाख २५ देखि ३१ गतेसम्म विद्यालय बिदा हुने भएका छन् । स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय बिदा हुने जनाइएको छ ।
यही वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन आयोगको आग्रह र शिक्षा मन्त्रालयको निर्देशनमा चार दिन विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।
कतिपय विद्यालयमा मतदान केन्द्र हुने र निर्वाचन पूर्व राजनीतिक गतिविधि बढ्ने भएकाले विद्यालयमा निर्वाचन अघि बिदा गरिएको हो ।
२०७४ बैशाख २० गते प्रकाशित