Fri. Jul 4th, 2025

यसरी फर्काइयो दुबई एयरपोर्टबाटै ३१ जना नेपाली महिला

 २१ वैशाख,  काठमाडौं –

घरेलु काममा लगाइदिने प्रलोभनमा पारी मानव तस्करले भारतको बाटो हुँदै खाडी पुर्‍याएका करिब तीन दर्जन नेपाली महिला दुबई एयरपोर्टबाटै फर्काइएको   छ ।

Nepali-Mahila-Lady

ट्रान्जिटमा चार दिनसम्म पनि भिसा नपाएपछि दुबई अध्यागमनले ३१ जना नेपाली महिलालाई स्वदेश फर्काएको हो । फर्काइएकामध्ये १२ जना मंगलबार र १९ जना बुधबार नेपाल आइपुगेका हुन् । नेपाल फर्काइएकामध्ये केही बिरामी छन् । झापा, मोरङ, बर्दिया, काभ्रे, सिन्धुपाल्चोक, रौतहट, बाँकेलगायत दर्जन बढी जिल्लाका महिला दुबई एयरपोर्टमा अलपत्र परेका थिए ।

तस्करले विभिन्न स्थानका महिलालाई दिल्लीको बाटोबाट कुवेत लैजाने प्रयास गरेका थिए । अध्यागमन विभागलाई ती महिलाले कुवेत जान मानव तस्करलाई दुई लाख रुपैयाँभन्दा बढी रकम तिरेर गएको बयान दिएका छन् ।

तर, उनीहरूले कुनै मानव तस्करको नाम भने बयानमा उल्लेख गरेका छैनन् । ‘फर्किएका महिलाले आफैं दिल्ली पुगी त्यहाँबाट दुबई गएको बताएका छन्’, विभागका एक अधिकारीले भने । बयानका क्रममा ती महिलाले सरकारले खाडीमा काम गर्न जान वैधानिक बाटो नदिएको र वैदेशिक रोजगारीमा जानुको विकल्प नभएको बताएका छन् ।

उनीहरू दिल्लीबाट उड्नुअघि एकदेखि तीन महिनासम्म त्यहाँ बसेका थिए । तस्करले केन्या जाने भन्दै उनीहरूलाई उडाए पनि दुबईमा भिसा पाइने र त्यहाँबाट कुबेत पुग्ने आश्वासन दिएका थिए ।

‘हामी चार दिन दुबई एयरपोर्टमा बस्यौं तर भिसा नपाएपछि हामीलाई फर्काइयो’, बुधबार फर्किएकी बाँकेकी निर्मला परियार ९नाम परिवर्तन०ले भनिन् । फर्किएका महिलाको राहदानी रेकर्डअनुसार धेरैजना यसअघि धेरैपल्ट खाडीका विभिन्न मुलुकमा काम गरेको देखिएको अध्यागमनले जनाएको छ । अन्नपूर्ण पोस्टबाट

२०७४ बैशाख २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: