Sat. Jul 5th, 2025

धादिङमा खाग किराको टोकाइबाट २० घाइते

birami
२१ बैशाख, धादिङ –

मौरी प्रजातिको खाग किराको टोकाइबाट धादिङको नलाङमा २० जना भन्दा बढि घाइते भएका छन् ।

टोकाइबाट सिद्धलेक गाउँपालिका वडा नम्बर १ अर्चले नयाँबस्तीका दलित समुदायका ९ महिने बालक समेत घाइते भएका छन् । घाइतेहरु मध्य १३ जनाको जिल्ला अस्पताल धादिङमा उपचार गराइएको छ ।

घाइते हुनेहरुमा अधिकांश दलित परिवारका छन् । अन्य घाइतेको नजिकैको स्वास्थ्य सस्थामा उपचार भइरहेको घाइते मध्यका कुमार परियारले जानकारी दिए । घर वरपर हिडडुल गरिहेको बेला खाग किराको हुल एक्कासी मान्छेतिर सल्किएको घाइतेहरुले बताएका छन् । अलि पर डोजरले खनिरहेको थियो त्यहि हेर्दै थिएँ, कालो भकुण्डोजस्तो डल्लो आएर शरीरमा खनियो । नरबहादुर सार्कीले भने ‘त्यसपछि  घर घरै टोक्न थाल्यो ।’

khag kira copy

नरबहादुरका अनुसार उनका गाउँका मात्रै ७ जना बालबालिका खागको आक्रमणमा परेका छन् । उपचारका लागि जिल्ला अस्पताल आइपुगेका मध्य ५ जना बालबालिका मात्रै थिए । खागको आक्रमणमा परेकाहरुलाई ज्वरो आउने, टोलाउने, शरीर सुन्निने जस्ता लक्ष्यण देखिएका छन् ।

हजारौको संख्यामा रहेका खागको हुलले बाहिर देखिएका मानिसहरुले पालैसंग आग्रमण गरेका घाइते कुमार परियारले बताए । जंगलका रुख र पहराहरुमा देखिने खाग किरा गाउँ पसेपछि स्थानीय त्रसित भएका छन् ।

मानिसहरुले मौरी प्रजातिको खाग किराको मह औषधीको रुपमा प्रयोग गरेर खाने गरेपनि विषाक्त मानिन्छ । यसले टोकेपछि चिलाउने, डाबर उठ्ने, सुन्निने,  सास फेर्न गाह्रो हुने हुन्छ । अस्पताल आइप्गेका घाइतेको उमेर र तौल अनुसार आवश्यक औषधी चलाइएको जिल्ला अस्पताल धादिङका स्वास्थ्यकर्मी कृष्ण उप्रेतीले जानकारी दिए ।

२०७४ बैशाख २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: