Sat. Jul 27th, 2024

नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिगमा तीन खेल घरेलु मैदानमै खेल्ने

ICC

काठमाडौं ।

नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीपका तीन खेल घरेलु मैदामै खेलने भएको छ ।

आईसीसीले शनिबार सार्वजनिक गरेको खेल तालिका अनुसार पपुवा न्यूगिनी, नामिबिया र केन्याविरुद्धका तीन खेल घरेलु मैदानमा खेल्ने भएको हो ।

खेल तालिकाअनुसार नेपालले अप्रिलदेखि जुनको बीचमा पहिलो खेल स्कटल्यान्डविरुद्ध खेल्नेछ । दोस्रो खेल अगष्टदेखि नोभेम्बरबीचमा पपुवा न्यूगिनीविरुद्ध खेल्नेछ भने तेस्रो खेल नामिबियाविरुद्ध सन् २०१६ को फेब्रुअरीदेखि जुनबीचमा हुनेछ ।

आईसीसीका अनुसार चौथो खेल सन् २०१६ को अगष्टदेखि नोभेम्बरबीचमा नेदरल्यान्ड्ससँग, पाँचौ खेल सन् २०१७ को फेब्रुअरीदेखि जुनभित्र केन्याविरुद्ध, छैटौं खेल सन् २०१७ को जुलाईदेखि नोभेम्बरबीचमा हङकङविरुद्ध र सातौं खेल सन् २०१७ को नोभेम्बरदेखि डिसेम्बरबीचमा युएईविरुद्ध हुनेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: