

२८ बैशाख, धादिङ –
वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन बिहिबारदेखि मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ ।
जिल्ला निर्वाचन कार्यलय धादिङका निर्वाचन अधिकृत इश्वर सिंम्खडाका अनुसार बैशाख २८, २९ र ३० गते प्रत्येक मतदान केन्द्रमा गएर फोटोसहितको मतदाता परिचयपत्र लिन सकिने बताइएको छ । साथै आ–आफ्नो परिचयपत्र निर्धारित समयभित्र लिन सम्पूर्ण मतदातालाई आग्रह गरिएको सिंम्खडाले बताए ।
मतदाता परिचयपत्र आआफ्ना मतदान केन्द्रबाट निर्वाचनका लागि खटिएका कर्मचारीमार्फत प्राप्त गर्न सकिनेछ ।
मतदाता परिचय पत्र लिन जाँदा सम्बन्धित व्यक्ति नै उपस्थित हुनुपर्ने र अशक्त, असाहाय तथा बिरामी भएकाहरुको हकमा घरका परिवारका सदस्यले लिन सकिने पनि निर्वाचन कार्यलय धादिङले जनाएको छ । मतदान वैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
धादिङमा जिल्ला निर्वाचन कार्यालयको तथ्याङक अनुसार कुल २ लाख ६ हजार २ जना मतदाता मध्ये १ लाख ३ हजार १ सय २४ पुरुष, १ लाख २ हजार ८ सय ७७ महिला र एक जना तेश्रोलिङ्गी छन् ।
२०७४ बैशाख २८ गते प्रकाशित