Sat. Jul 27th, 2024

रोजगारीका लागि विदेशिने युवाहरु अलपत्र पर्ने क्रम बढ्दो

bidesine-yueaharu

धादिङ – बैदेशिक रोजगार पछिल्लो समय सम्पुर्ण नेपालीको मुख्य आकर्षणको विन्दु बनेको छ । नेपालमा रोजगारको अवस्था सृजना नहुनुको कारणले पनि धेरै नेपाली युवाहरु खाडी मुलुकहरुमा कामको खोजीमा जाने गरेका छन् ।

धादिङ जिल्लाबाट पनि बैदेशिक रोजगारको लागि हजारौँ युवाहरु विदेशी भुमिमा रहेका छन् । विदेश जाने सबैले पैसा कमाउछन् भन्ने छैन । कत्तिले दुख भोग्नु परेको छ भने कत्ति युवाहरु विदेशी भुमिमा अलपत्रमा पनि परेका छन् । यसरी विदेश जाने क्रमसँगै पछिल्लो समय धादिङबाट विदेशियका युवाहरु विदेश भुमिमा अलपत्र हुने क्रम बढेको छ ।

आर्थिक बर्ष २०६९/७० सालभित्र मात्र १० जना धादिङका युवाहरु हराईरहेको तथ्याङक सार्बजनिक भएको छ । विदेश गएर बेपत्ता हुनेहरुमा महिला र पुरुष बराबर जस्तै रहेको छ । अहिले सम्मको तथ्याङक हेर्ने हो भने जोगिमाराका कुमार मल्ल ठकुरी, द्रोण प्रसाद खनाल, धादिङ कुम्पुरका दिल बहादुर श्रेष्ठ, झार्लाङ गाउँ विकास समितिका रेनु तामाङ, झार्लाङकै फुल मायाँ तामाङ र मारी तामाङ रहनु भएको छ ।

विदेश गईसकेपछि एक दुई बर्ष सम्पर्क रहेको र त्यसपछि अहिले सम्म सम्पर्कमा नरहेको उनीहरुको परिवारले बताएका छन् । सबैभन्दा बढी कुवेतमा महिलाहरु बेपत्ता भएका छन् । त्यसैगरी अन्यमा मलेसिया, युएई, साउदी लगायतका देशहरु गएका बढी रहेका छन् । कत्ति युवाहरु विदेशी भुमिमा दुख पाएर नर्फकने गरेका छन् भने धेरै जसो नेपाली युवा युवतीहरु विदेशी सँग विवाह गरी उतै बस्ने गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: