Fri. Jan 17th, 2025

‘अधुरै भो भोट हाल्ने सपना’

tamang-dampati

सरिता श्रेष्ठ / ३० बैशाख,  धादिङ –

जस्ताले छाएको अस्थायी टहरा । एक छेउमा चुलो नजिकै सुत्ने बिस्तारा, कहिले असिना पानी त कहिले चर्को घामको राप । यो ब्लेकजोन तामाङ र थाम्राङ तामाङ दम्पतिको बासस्थान हो । जहाँतही चुनावी माहोल तालिएपनि यो टहरामा कत्ति चुनाव लागेको छैन । किनकी तीन दिनको पैदल हिँडेर गाउँ जाने आँट यो दम्पत्तिमा छैन ।

 गाडी जान खर्च छैन । हिडेर मात्रै पुग्न सकिदैन । गाउँको घरमा खानेबस्ने व्यवस्था पनि छैन । ब्लेकजोनले भने ‘बुढाबुढी भएपछि कसैले वास्ता पनि गर्देन रहेछ ।’ श्रीमान– श्रीमती नै ७० वर्ष लागे । तातो रापमा बस्नुपरेको पीडा त छदैछ तर बिरामी हुँदा सिटामोल दिने मान्छे छैन । निकै कष्टपूर्ण जीवन उनीहरुको बसाई ।

    दुई वर्षअघि भूकम्पले गाउँ नै बस्न नहुने बनाइदिएपछि धादिङ सदरमुकाम नजिकै दामगाडेमा शिविर बनाएर बसिरहेका ब्लेकजोनले अघिल्ला निर्वाचनहरुमा भोट हालेका थिए । यसपालि पनि भोट हाल्ने धोको छ । तामाङ दम्पत्ति भन्छिन् ‘भोट हाल्छु भनेर सपना देख्नु मात्रै भयो ।’

 भोट माग्नका लागि नेताहरु शिविरमा नै आएका थिए । गाउँसम्म जाने व्यवस्था पनि मिलाइदिन्छु भनेका थिए । ‘मलाई जस्ले लाने ल्याउने गर्छ एक भोट उसैलाई भोट दिन्थे’ ब्लेकजोनले चिन्ता व्यक्त गरे । उत्तरी धादिङको साविकको रि गाविस घर भएका उनलाई गाउँको सेरोफेरो पनि नियाल्ने मन छ ।

 खनियावास गाउँपालिकाका कान्छीमाया तामाङ पनि भोट हाल्न गाउँमा नजाने भएकी छन् । श्रीमा यार्सा टिप्नका लागि मनाङ गएका छन् । उनी बालबच्चा सहित धादिङबेसीको भूकम्प पीडित दामगाडे बस्तीमा बसिरहेका छन् । उनलाई भोट हाल्ने तीब्र इच्छा छ । तर यसपाली त्यो अवसर गुमाइन् । कान्छीमाया भन्छिन् – ‘मतदान गर्ने रहर थियो, बालबच्चाहरु छन्, उनीहरुलाई पकाएर खुवाउनु प¥यो, फेरि एक्लै जान सक्दिन, विश्वासिला जनताले जितोस्, गाउँको चाडैनै विकास होस् यही कामना गर्दछु ।’

लापाका छिरीङ तामाङको मतदाता नामावलीमा नाम छैन । उनी पछुतो मान्दै भन्छिन् ‘नामावलीमा नाम छैन, भोट हाल्ने अवसरबाट बञ्चित भइयो ।’  केही मतदाता भने बालबच्चा र बृद्धबृद्धा छोडे हिड्न नसकेकै बारण भोट हाल्नबाट बञ्चित भएका छन् ।

२०७४ बैशाख ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: