Sat. Jul 5th, 2025

मतगणना आजै बेलुकीबाट हुने

dhading-matadan 4

३१ बैशाख, धादिङ –

स्थानीय तहको निर्वाचन धादिङमा शान्तिपूर्ण रुपमा भइरहेको छ ।  स्थानीय तह निर्वाचनको मतदान सकिए लगतै मतगणना सुरु हुने भएको छ ।

मतदान सकिएलगतै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

आजै रातिदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाको मत गणना हुने प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ । जसअनुसार वडाको मतगणना सकिएपछि वडाध्यक्ष, महिला सदस्य, दलिक्ष्त सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको गणना सुरु हुनेछ ।

२०७४ बैशाख ३१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: