

३१ बैशाख, धादिङ –
स्थानीय तह निर्वाचन अन्र्तगत १ बजेसम्म धादिङमा ९९ हजार १ सय ९९ जनाले मतदाताले मतदान गरेका छन् । २ सय ५१ मतदान केन्द्रमा कुल २ लाख ६ हजार २ जना मतदान गरेका छन् ।
नीलकण्ठ नगरपालिकामा कुल ३३ हजार ९९ मतदाता मध्ये ९ हजार ७ सय २७ मत खसेको छ । त्यस्तै धुनीबेसी नगरपालिकामा कुल २० हजार ९ सय ७२ मतदाता मध्ये १३ हजार ७ सय ७० मत खसेको छ ।
त्यस्तै रुवी भ्याली गाउँपालिकामा कुल ५ हजार ८ सय ५८ मतदाता रहेकोमा २ हजार २ सय ३३ जना, खनियावास गाउँपालिकामा ७ हजार २ सय २२ मतदाता मध्ये ४ हजार ७ सय ९ जना, नेत्रावती गाउँपालिकामा ८ हजार ६ सय ८६ मध्ये ५ हजार ९२, गंगाजमुना गाउँपालिकामा १४ हजार ५ सय १७ मध्ये ४ हजार १ सय ४८, त्रिपुरासुन्दरी गाउँपालिकामा १५ हजार १ सय ५७ मध्ये ४ हजार ६ सय ९०, ज्वालामुखी गाउँपालिकामा १७ हजार २ सय ९७ मध्ये ७ हजार ७ सय ९४ मत खसेको छ ।
त्यस्तै सिद्धलेक गाउँपालिकामा कुल १५ हजार ६ सय ४४ मतदाता मध्ये ९ हजार ८ सय ४५, बेनिघाट रोराङ गाउँपालिकामा १६ हजार ८ सय ९७ मध्ये ५ हजार ३ सय ६०, गजुरी गाउँपालिकामा १४ हजार १ सय ६९ मध्ये १० हजार ६५, गल्छी गाउँपालिकामा १५ हजार ५ सय २८ मध्ये ७ हजार १३, थाक्रे गाउँपालिकामा २० हजार ९ सय ८५ मध्ये १४ हजार ७ सय ५३ मत खसेको सयुक्त निर्वाचन संचालन केन्द्र (जेईओसी) धादिङले जानकारी दिएको छ ।
धादिङका सबै केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान कार्य संचालन भइरहेको छ ।
२०७४ बैशाख ३१ गते प्रकाशित